काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा एमालेविरुद्ध नियोजित रूपमै गलत भाष्य निर्माण गरिएको भन्दै विरोधीका कुप्रचारको डटेर प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
बागमती प्रदेश जागरण अभियानको उद्घाटन गर्दै ओलीले एमालेले गरेका कामहरू ऐतिहासिक रहेको भन्दै छाती फुलाएर जनताको बिचमा जान नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
‘हामीले केही गरेनौँ, गल्ती गरियो प्रभु माफ पाउँ भन्दै जाने होइन। हामीले असाधारण ऐतिहासिक उपलब्धिहरू हासिल गरेका छौँ, गर्व गर्नुस्,’ ओलीले भने । कार्यकर्तालाई वैचारिक र साङ्गठनिक सेनापतिका रूपमा जनतामा गएर जागरण ल्याउने काम गर्न उनले निर्देशन दिए ।



प्रतिक्रिया