सरकारले अभिव्यक्ति स्वतन्त्रता सङ्कुचित गर्याे : अध्यक्ष शर्मा


काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सरकारबाट अभिव्यक्ति स्वतन्त्रता सङ्कुचित गरिएको आरोप लगाएकी छिन् ।

आइतबार ललितपुरमा महासङ्घद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरेको भएपनि नयाँ सरकार बनेको सय दिनमा सरकारबाटै सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउन नसकेको बताइन् ।

पत्रकारहरूको सूचनामा पहुँच सीमित भएको उनको भनाइ छ । सिंहदरबारमा मन्त्रालयसम्म पत्रकार पुग्ने सामर्थ्य भएपनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गेटसम्म पनि पत्रकारहरू जान नपाउने अवस्था रहेको बताइन् ।

संसदीय समितिहरूमा पनि पत्रकारहरू सहज रूपमा प्रवेश गर्नसक्ने अवस्था नरहेको भन्दै असन्तुष्टि व्यक्त गरिन्। अध्यक्ष शर्माले सरकारले आर्थिक केन्द्रबाट प्रेसलाई नियन्त्रण गर्ने प्रयास गरेको आरोप लगाइन् ।

.