तरुण दलकाे निर्देशन: ‘क्रियाशील अध्यावधिकको प्रतिवेदन असार २५ भित्र केन्द्रमा बुझाउनु’


काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिकको प्रतिवेदन असार २५ भित्र केन्द्रमा बुझाउन तरुण दलले निर्देशन दिएको छ ।

तरुण दलका सभापति मनिष कोइरालाले आइतबार विज्ञप्ति जारी गर्दै आफूले पार्टीको क्रियाशील सदस्यता अध्यावधिकमा सहयोग गर्न ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू परिचालन गरिएको र प्रतिनिधिहरूले असार २५ गतेभित्र प्रतिवेदन बुझाउनु पर्ने बताएका हुन् ।

कोइरालाले जारी गरेको विज्ञप्तिमा असार २५ गते राति १२ बजेभित्र अनिवार्य रूपमा केन्द्रीय कार्यालयमा विस्तृत प्रतिवेदन बुझाइसक्न भनेका छन् । ‘अभियानलाई उच्च प्राथमिकताका साथ सम्पन्न गरी तोकिएको समयभित्र प्रतिवेदन इमेल मार्फत पठाइदिनुहुन अनुरोध गरिन्छ,’ परिपत्रमा उल्लेख छ ।