काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको दाबी गरेका छन् ।
आइतबार काठमाडौंमा पार्टीको उपत्यका प्रदेश समिति एकता समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
अध्यक्ष नेपालले संयुक्त राज्य अमेरिकादेखि युरोपसम्म कम्युनिस्ट गतिविधिहरू सञ्चालन भइरहेको बताए ।
‘अमेरिकामा समेत कम्युनिष्टहरु चल्न थालेका छन् । युरोपका देश देशहरुमा पनि त्यही हिसाबले जुलुस प्रदर्शन भइरहेको छ,’ उनले भने ।
चीन हाल विश्व राजनीतिको केन्द्रबिन्दु बन्दै गएको समेत उनले बताए ।



प्रतिक्रिया