काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले भदौ २३ र २४ को घटनापछि आफूहरू मारिने अवस्थामा पुगेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विश्वको भूराजनीतिले आफूहरूलाई प्रतिक्रियावादीहरूको हातबाट जोगाएको बताए ।
‘तपाईँहरूले यसरी हेर्नुभएको छ कि छैन थाहा छैन । हामी त किचिक्क परेर त मिचिने र मारिने ठाउँमा थियौँ नि । प्रतिक्रियावादीले चाहेको भए त एकैछिनमा ‘ हुने ठाउँमा थियौँ, तर हामी बचियो फेरि,’ उनले भने ।
‘दुई दिन त नेताहरू जीवितै छन् कि छैनन् ? कहाँ छन्, गिरफ्तार भएका हुन् कि मारिई पो सके कि’ भन्या जस्तो स्थिति कार्यकर्तामाझ भएको उनले स्मरण गरे ।
२६ गते फेरि तिनै २४ गते विध्वंस गर्नेहरूले नै आफू र माधव नेपाललाई राष्ट्रपति कार्यालयमा बोलाएको प्रचण्डले सम्झिए । उनले भने ,‘लौ के गर्ने हो भनेर सल्लाह गर्ने ठाउँमा पुग्यो २६ गते राति फेरि, यो पनि बडो अनौठो । हामीले त सोचेकै थिएनौँ हामीलाई बोलाउलान् प्रधानसेनापतिले अनि राष्ट्रपतिले, हाम्रो सुझाव लेलान् भन्ने सोचेको त थिएनौँ, तर भयो ।’



प्रतिक्रिया