काठमाडौँ । नेकपा एमालेको पुनर्गठन कार्यदलको बैठक स्थगित गरिएको छ ।
एमाले सचिव शेरधन राईकाअनुसार अर्को बैठक आगामी २५ गतेका लागि तय गरिएको छ । कार्यदलको बैठक आज(सोमबार)लाई तय भएको थियो ।
कार्यदलले आठवटै प्रदेश स्तरका कमिटी, जनसंगठन र विभाग तथा केन्द्रीय निकायहरुसँग छलफल, परामर्श गरिसके पनि केही प्रक्रियाका कामहरु बाँकी रहेकाले आज तय भएको बैठक स्थगित गरिएको राईले बताए ।
कार्यदलले नेता कार्यकर्ताहरुसँग छलफल सकेका बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने नेता कार्यकर्तालाई गुण्डु बोलाएर आफूले नेतृत्व कुनै हालतमा नछोड्ने सन्देश दिइरहेका छन् ।



प्रतिक्रिया