त्रिविका नवनियुक्त उपकुलपति प्रा‍.डा‍. थापाले गरे पदभार ग्रहण


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा‍.डा‍.भोला थापाले पदभार ग्रहण गरेका छन् । नवनियुक्त उपकुलपति ‍थापाले ‍सोमबार त्रिवि उपकुलपति कार्यालयमा ‍पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै उपकुलपति थापाले सबैको समन्वय र सहकार्यबाट आफू अघि बढ्ने बताए । ‘जुन विश्वासले मलाई सरकारले यहाँ पठाएको छ । सबैसँगको समन्वय र सहकार्यबाट म अघि बढ्नेछु । तपाईंहरूले राम्रो गरिरहनुभएको छ,’ उनले भने ।

उनले आफूले उच्च शिक्षाको सुरुवात यही विश्वविद्यालयबाट गरेको भन्दै विश्वविद्यालयलाई उत्कृष्ट बनाउन लागिपर्ने बताए । उनले आफूलाई कहिल्यै पनि बाहिरबाट आएको भने र नसम्झिन आग्रह समेत गरे ।