काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रतिनिधि सभामा १८१ सांसद छन् । ‘जान्नेलाई छान्ने’ रास्वपाको लारा छ । संसद बैठकमा होस् वा बाहिर रास्वपाका कुनै न कुनै सांसदल बोलेका अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भइरहन्छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि आफ्नो अभिव्यक्तिको कारण बेलाबेला चर्चामा आउने गर्छन् ।
यसैबीच मन्त्री सुनिल लम्साल फेरि चर्चामा आएका छन् । केही समय अगाडि ‘ठेकेदारको खुट्टा भाच्चिदिनु’ भनी अभिव्यक्ति दिएर भाइर भएका मन्त्री लम्सालको अर्को अभिव्यक्ति भाइरल भएको छ । जनताको काममा उत्तरदायी नबनेमा प्रदेश मन्त्रीदेखि स्थानीय तहका प्रमुखसम्मलाई कारबाही गर्ने उनले चेतावनी दिएका छन् । आइतबार तनहुँको दुलेगौंडामा रास्वपाका कार्यकर्ताहरूसँगको भेटमा उनले यस्तो चेतावनी दिएका हुन् । उनले बाेलेकाे याे भिडियो क्लिप अहिले सोसल मिडियामा छ्याप्पछ्याप्ती छ ।
‘यदि मेयरले जनताको काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भने हामीलाई इन्फर्म गर्नुहोला, मेयरलाई नै कारबाही गर्छौँ हामी । प्रदेशका मन्त्रीले पनि त्यस्तै गर्नुभयो भने प्रदेशको मन्त्रीलाई नि थुन्छौँ, चिन्तै लिनुपर्दैन,’ उनले भनेका छन् ‘काम चाहिँ गर्नु पर्यो, काम चाहिँ गराउनु पर्यो । विकास त हुनु पर्यो नि, अनि त्यो एटिट्युडमा हजुरहरुले चाही काम गर्नु पर्यो ।’
तीन तहकै सरकारका जनप्रतिनिधि जनताप्रति उत्तरदायी बन्नुपर्ने मन्त्री लम्सालको भनाइ छ ।



प्रतिक्रिया