काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले संविधान संशोधन गर्ने भए महिलाको प्रतिनिधित्व ५० प्रतिशत सुनिश्चित गरिनुपर्ने बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संविधान संशोधनका नाममा प्रदेश खारेजीको विषय उठाइएको भन्दै आपत्ति जनाए ।
‘यदि, संशोधन गर्ने हो भने आज एकतिहाइ महिलाको अधिकार संविधानमा सुनिश्चित छ, त्यसलाई ५० प्रतिशत पुर्याइयोस्’ उनले भने ।
उनले सीमाबारे प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अभिव्यक्ति सच्याउनुपर्ने मागलाई पुन:दोहोर्याए ।



प्रतिक्रिया