रास्वपाकाे कार्यकारी पदमा लगातार दुई पटकभन्दा बढी बस्न नपाउने


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टीको कुनै पनि कार्यकारी पदमा लगातार दुई पटकभन्दा बढी निर्वाचित वा मनोनीत हुन नपाउने व्यवस्था गरेको छ ।

रास्वपाको प्रथम महाधिवेशनले पारित गरेको संशोधित विधान अनुसार पार्टीमा नेतृत्वको एकाधिकार तोड्न र पुस्तान्तरणलाई स्वाभाविक प्रक्रिया बनाउन, पार्टीको कुनै पनि कार्यकारी पदमा एउटै व्यक्ति लगातार दुई कार्यकाल भन्दा बढी निर्वाचित वा मनोनीत हुन बन्देज लगाएको हो ।

‘एउटै व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी निर्वाचित वा मनोनीत हुन पाउने छैन । यस प्रकारको कार्यकालको गणना पहिलो ऐतिहासिक महाधिवेशन सम्पन्न भएपछि मात्र प्रारम्भ हुनेछ,’ विधानमा उल्लेख छ ।