प्रधानमन्त्रीलाई आङ्देम्बेकाे आग्रह- सामाजिक सञ्जालमा ‘भाइरल’ हुन छाड्नुस्


काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाहलाई लक्षित गर्दै सामाजिक सञ्जालमा भाइरल हुन सजिलो भएपनि देशको प्रधानमन्त्रीको रूपमा गहन भएर काम गर्न गाह्रो हुने टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री बालेनलाई ‘भाइरल’ हुन छाड्न आग्रह गरे ।

लोकतन्त्रमा लोकप्रिय र उत्तरदायी हुनु एउटै विषय नभएको उनको भनारुइ छ । आङ्देम्बेले भाइरल हुने बाटो भुल्न प्रधानमन्त्रीलाई आग्रह समेत गरे ।

‘सामाजिक सञ्जालमा भाइरल हुन सजिलो छ, तर देशको प्रधानमन्त्रीको रूपमा गहन र गम्भप्र भएर कार्य गर्न गाह्रो छ,‘ उनले थप्दै भने, ‘त्यसैले प्रधानमन्त्रीज्यू, तपाईंले भाइरल हुने बाटो अब त्याग्नुपर्छ, भुलिदिनुस् । तपाईं देशको प्रधानमन्त्री भइसक्नुभयो ।’