पैदल हिँडिरहेकी युवतीलाई गोप्य अंग देखाउने पक्राउ 


काठमाडौं । ललितपुरमा पैदल हिँडिरहेकी एक युवतीलाई गोप्य अंग देखाउने पुरुष पक्राउ परेको छ । पक्राउ पर्नेमा बैतडी घर भई इमाडोल बस्दै आएका ५५ वर्षीय सुरेन्द्र भट्ट छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार, आइतबार साँझ इमाडोलमा बाटोमा हिँडिरहेकी युवतीलाई भट्टले अश्लील हर्कत गरेका थिए ।

आफूमाथि अश्लील हर्कत गरेपछि ती पुरुषलाई फलो गर्दै युवतीले भिडियो खिचेकी थिइन् । त्यसपछि उक्त भिडियो सार्वजनिक गर्दै पक्राउ गर्न आग्रह गरेकी थिइन् ।