कांग्रेस संस्थापनइतर समूहको बैठक जारी


काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहको बैठक जारी छ । सोमबार दिउँसो काठमाडौंको चुनदेवीमा औपचारिक रूपमा सञ्चालनमा ल्याइएको सम्पर्क कार्यालयमा बैठक बसेको नेता विमलेन्द्र निधिले जानकारी दिए ।

संस्थापनइतर समूहले १५औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल र भेटघाटका निम्ति चुनदेवीमा लिएको भाडाको घर यस दिनदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो ।

नेता डा. प्रकाशशरण महतले आजको बैठकबाट राष्ट्रिय भेलाको मिति तय गरिने बताए ।