कांग्रेस संस्थापनइतरले साउन ६ गते बृहत् कार्यक्रम गर्ने


काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले साउन ६ गते बृहत् कार्यक्रम गर्ने भएको छ। सोमबार उद्घाटन गरिएको सम्पर्क कार्यालय चुनदेवीमा बसेको बैठकले बीपी स्मृति दिवसको दिनमा बृहत् कार्यक्रम गर्ने भएको हो ।

नेता मीन विश्वकर्माका अनुसार कार्यक्रम काठमाडौंमा हुने कार्यक्रमको स्थान र कार्य तालिका तय हुन बाँकी रहेको छ । भोलि बस्ने बैठकबाट १५ औँ महाधिवेशनको कार्य तालिका र सम्पर्क कार्यालयबाट हुने गतिविधिबारे निर्णय लिने उनले बताए।

विशेष महाधिवेशनमा नगएका आधा साथी बाहिर भएकाले एकतामा जोड दिएको बताए।

१५ औँ महाधिवेशनलाई एकताको दबाब सिर्जना गर्नका लागि सम्पर्क कार्यालय खोलिएको उनको भनाइ छ ।