अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पत्रकारलाई निषेध


काठमाडौँ । आज प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक सिंहदरबारमा बसेको छ ।

बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले छिमेकी मुलुकहरू भारत र चीनको भ्रमणका साथै अन्य समसामयिक कूटनीतिक विषयहरूमा समितिलाई जानकारी गराएका छन् ।

मन्त्री खनालले ती भ्रमणका उपलब्धि र नेपालको परराष्ट्र नीतिका सम्बन्धमा समितिका सदस्यहरूलाई अवगत गराएका हुन् ।

बैठकमा परराष्ट्रमन्त्रीका साथै परराष्ट्र मन्त्रालयका सचिवको समेत उपस्थिति रहेको छ ।

समितिको बैठकमा सञ्चारकर्मीहरूलाई भने प्रवेशमा रोक लगाएको छ ।