काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र डबल लेनको बनाइसक्ने दाबी गरेका छन्। राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै ३ वर्षमा सबै सडकलाई डबल लेनको बनाइसक्ने उनले बताए।
‘त्यसमा पर्याप्त बजेट पनि छ। यसै आर्थिक वर्षमा हामीले डिपीआर गरेर काम सुरु गर्छौँ। सबै जिल्ला सदरमुकाम जोड्ने सडक र सबै पालिका सदरमुकाम जोड्ने सडक यसै वर्ष टेन्डर लाग्छन्। कर्णाली प्रदेशमा जतिवटा पनि पालिकाको केन्द्रसम्म सडक सञ्जाल पुगेको छैन अथवा कच्ची सडक छ यही सालबाट सुधारको काम हुन्छ,’ उनले भने ।
अत्यधिक दुर्घटना हुने र धेरै जनाको मृत्यु हुने भएको कारणले सधैँको लागि अन्त्य सरकारले सडक निर्माणको योजना अघि बढाएको बताए।



प्रतिक्रिया