काठमाडौँ । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ जना मनोनीत भएका छन्।
आज (मंगलबार) प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले उनीहरूलाई सदस्यमा नियुक्त गरेका हुन्। कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा सदस्यहरू नियुक्त गरेका हुन् ।
मनोनीत हुनेमा प्रकाश पन्थ, डा. प्रेमध्वज लामा, विज्ञान प्रसाईं, रेशम गुरुङ, प्रतीक्षा चापागाईं, मोहन गजुरेल र अनुपा श्रेष्ठ रहेको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।




प्रतिक्रिया