सुनसरी । गढी गाउँपालिका-१ मदेली झण्डा चोकबाट चाइनिज पेस्तोल र गोलीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
असार २४ गते राति करिब ०१:२० बजे अस्थायी प्रहरी चौकी चाँदबेलाबाट गस्तीमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा पैदल हिँडिरहेका मोरङको विराटनगर महानगरपालिका-१७ रानी बस्ती बस्ने अन्दाजी ५१ वर्षीय नुर महोमद र विराटनगर महानगरपालिका-८ अशोक चोक बस्ने ३२ वर्षीय इम्रान खानमाथि शंका लागेपछि प्रहरीले चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा नुर महोमदको साथबाट एक थान चाइनिज पेस्तोल र त्यसमा लोड गरिएको तीन राउन्ड गोली बरामद गरेको हो ।
दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दुहवीमा राखि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।



प्रतिक्रिया