प्रधानमन्त्रीको कार्यशैली र अभिव्यक्तिका कारण मुलुक गम्भीर संकटमा : नेकपाका सांसद


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद परशुराम तामाङले राष्ट्रिय सहमतिलाई प्रधानमन्त्रीले लत्त्याउन नमिल्ने बताएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा तामाङले प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय सहमति लत्त्याउन नपाउने बताएका हुन् ।

‘२०७७ जेठ ७ गते संसद्‌बाट सर्वसम्मत पास भएको नक्सा र राष्ट्रिय सहमतिलाई प्रधानमन्त्रीले लत्त्याउन मिल्दैन । यो अभिव्यक्ति आपत्तिजनक छ, यसले हाम्रो सार्वभौमिकतामाथि प्रश्न उठाएको छ ,’ उनले भने ।

प्रधानमन्त्रीको कार्यशैली र अभिव्यक्तिका कारण मुलुकमा गम्भीर संकट र अन्योल सिर्जना भएको तामाङको भनाइ छ । सांसद तामाङले सुकुमबासी बस्तीबाट विस्थापित भएर होल्डिङ सेन्टरमा पुगेकी सबिना कार्कीको मर्मस्पर्शी अवस्था रहेको सदनमा सुनाए ।

‘सबिना कार्कीले खाना र बस्नको ठेगान नभएपछि १ लिटर पेट्रोल बोकेर बसेको छु भन्दा बडो टेन्सन भयो । हाम्रा नागरिक यस्तो अवस्थामा पुग्नु राज्यका लागि लाजमर्दो विषय हो,’ उनले भने ।