एमाले कार्यदलको बैठक भोली


काठमाडौं । नेकपा एमाले केन्द्रीय सुझाव संकलन कार्यदलको बैठक भोली बस्ने भएको छ । पार्टी शुद्धीकरण, सुदृढीकरण र पुनर्गठनका लागि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा उक्त कार्यदल बनेको छ ।

कार्यदलले सातवटै प्रदेश, विशेष कमिटी र जनसंगठनहरूबाट संकलन गरेको राय–सुझावका बारेमा छलफल गर्ने पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा भोलि बिहान ११ बजे बैठक बस्ने उनले जानकारी दिए । उक्त कार्यदलले प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्दै तल्लो तहबाट राय–सुझाव संकलन गरी प्रतिवेदन लेखनको कार्य अन्तिम चरणमा पुर्‍याएको छ ।