सरकारले ‘जान्नेलाई फाल्ने, आफ्नालाई छान्ने नीति’ लियाे :पद्मा अर्याल


काठमाडौँ । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले सुशासनका नाममा सरकारले गैरकानुनी र प्रतिरोधपूर्ण तरिकाले राजनीतिक दलहरूमाथि आक्रमण सुरु गरेको आरोप लगाएकी छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै उपनेता अर्यालले यसअघिका राजनीतिक नियुक्तलाई अध्यादेशमार्फत हटाएको सरकारले अहिले आफ्नालाई भटाभट नियुक्ति दिइरहेको पनि बताइन् ।

‘सरकार सय दिनमै चुकेको छ । रास्वपाले जान्नेलाई छान्ने नारा लगाएको थियो। तर, जान्नेलाई फाल्ने, आफ्नालाई छान्ने नीतिलाई नै पुष्टि गरेको छ,’ उनले भनिन् ।

उनले सरकारका सय दिनमा रास्वपाले लगाएको नाराभन्दा उल्टो काम भएको बताइन्।