धनगढी । कैलालीको टीकापुरमा रहेको टीकापुर अस्पतालका प्रयोगशाला इञ्चार्जमाथि कुटपिट भएको छ।
मंगलबार दिउँसो फिजियोथेरापिष्ट अनिल तिवारीले प्रयोगशाला इञ्चार्ज उमेश बजगाईलाई कार्यलयमै कुटपिट गरेका हुन् ।
अस्पतालकै प्रशासन कक्ष गएका बेला मंगलबार दिउँसो २ बजे आफूमाथि तिवारीले कुटपिट गरेको बजगाईले बताए। बजगाईलाई कुटपिट गरेको आरोप लागेका तिवारी भने कार्यालयमा भइरहेको अनिमितताको विषयमा कुरा गर्दा गाली—गलौज गरेपछि आफू आवेशमा आएको बताउँछन। उनले प्रयोगशालामा भएको अनियमितताको विषयमा प्रशासनसँग कुरा गर्न गएका वेला बजगाँईले गाली-गलौंज गरेपछि आवेशमा कुटपिटमा उत्रिएको बताए ।
तिवारीले विदाका दिन पनि प्रयोगशाला चलाएको देखाएर भत्ता खाने गरेको, रिएजेन्ट महंगोमा खरिद गर्ने गरेको लगायतलआरोप लगाए। टिकापुर अस्पताल प्रशासनले प्रयोगशाला प्रमुखले कुटपिट गरेको निवेदन दिएपछि त्यसबारेमा सिसिटीभी फुटेजसहित आवश्यक अनुसन्धान र कारवाहीका लागि इलाका प्रहरी कार्यालय टीकापुरलाई परिपत्र गरिसकेको जनाएको छ।
सिसिटीभी फुटेजमा प्रयोगशाला प्रमुख बजगाईलाई तिवारी दौडिएर आएर कुटपिट गरेको देखिन्छ। कुटपकुटपिट गरेपछि बजगाईले पनि तिवारीमाथि प्रहार गरेको देखिन्छ। त्यसपछि त्यहाँ जम्मा भएका कर्मचारीहरुले दुवै जनालाई छुट्याएर पठाएको भपडियोमा देख्न सकिन्छ।



प्रतिक्रिया