काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री तथा नेकपाका नेता नारायणकाजी श्रेष्ठले दलाई लामाको उत्तराधिकारी नेपालबाटै घोषणा गर्ने चर्चा भइरहेको बताएका छन् ।
नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा विचलन आउन सक्ने आशंका बलियो बनाएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सुशीला कार्की नेतृत्वको भनिएको अन्तरिम सरकार र वर्तमान बालेन सरकारलाई दलाई लामा तथा उनले ‘कथित सरकार’ भनेको पक्षबाट बधाई सन्देश आएयता नेपालमा त्यसको अन्तर्यबारे गम्भीर आशंका व्यक्त हुँदै आएको दाबी गरेका छन् ।
उनले नेपालले अवलम्बन गर्दै आएको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई औपचारिकतामा सीमित राखेर व्यवहारमा त्यसबाट विचलन गरिए नेपालको राष्ट्रिय सार्वभौमसत्ता र स्वाधीनता गम्भीर जोखिममा पर्ने चेतावनी दिएका छन् ।



प्रतिक्रिया