सरकार ढाल्न हाेइन, संविधानको बाटोमा हिँडाउन खोजिरहेका छौँ: कांग्रेस सांसद


काठमाडौं । नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीले सीमाबारे प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको अभिव्यक्तिको जवाफ संसद्मा नै आएर दिन प्रधानमन्त्रीलाई आग्रह गरेकी छन् । बिहीबार जारी प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेनले दिएको अभिव्यक्तिको जवाफ सडकले नमागेको बताइन् ।

उनले भनिन् ,‘ती प्रश्नको उत्तर रोडले मागेको होइन । सामाजिक सञ्जालले मागेको होइन, सार्वभौम संसद्ले मागेको हो । प्रधानमन्त्रीज्यू, पार्टीको मञ्चमा भाषण गरेर होइन, संसद्ले जवाफदेही बनाउँछ ।’

उनले आफूहरूले सरकार ढाल्न नखोजेको समेत बताइन् । ‘हामी सरकार ढाल्न खोजिरहेका छैनौँ । सरकारलाई संविधानको बाटोमा हिँडाउन खोजिरहेका छौँ । प्रधानमन्त्रीज्यूको अपमान होइन, पदको सम्मान चाहन्छौँ, उनले भनिन् ।