काठमाडौं । संसद्मा विरोध गर्ने शैली फेर्न विपक्षी दलहरूलाई सभामुख डोलप्रसाद अर्यालले आग्रह गरेका छन् ।
निरन्तर एउटै विषयमा सबै विपक्षी दलका सांसदहरूले विरोध गर्दै आएपछि सभामुखले बिहीबार विपक्षी दलहरूको तर्फबाट एक जनाले कुरा राख्ने र सभालाई अगाडि बढाउने प्रस्ताव राखे ।
प्रधानमन्त्री बालेन्द्र शाह बालेनको सीमा विवादबारेको अभिव्यक्तिमा प्रश्न उठाएर विपक्षी दलहरूले ४० दिनदेखि बैठकको सुरुमा विरोध गर्दै आएका छन् ।
उनको प्रस्तावमा एक जनाले मात्रै कुरा राखेर अगाडि बढ्ने विषयमा विपक्षी दलहरू भने सहमत भएनन् । त्यसपछि संसद्मा विरोध गर्ने शैली फेर्न विपक्षीलाई सभामुख अर्यालले आग्रह गरेका हुन् ।
‘मैले माननीय सदस्यहरूलाई आग्रह गरे बमोजिम नै माननीय सदस्यहरूको विरोध गर्ने शैली पनि । विरोध पनि के विषयमा मात्रै बोल्नुस्, त्यहाँबाट बाहिर नजानुस् भनेर सभामुखले भनिरहनुपर्ने अवस्था आउनु राम्रो होइन’ सभामुखले भने ।
उनले अगाडि थपे, ‘त्यसकारणले जुन विषयवस्तुको लागि विरोधको सुरुवात गरिएको छ । त्यहीभित्र बसेर आफ्ना भनाइ राख्दाखेरि त्यसको अँौचित्य पनि पुष्टि होला ।’
यत्ति भनेर सभामुख अर्यालले विपक्षीको तर्फबाट एक जनाले मात्रै बोल्ने प्रक्रियाका निम्ति आग्रह गरे । तर, विवक्षी दलहरूले मानेनन् ।



प्रतिक्रिया