काठमाडौँ । काठमाडौँको जडीबुटीबाट ३२ जनालाई बिचौलियाहरूलाई पक्राउ गरेको छ । सार्वजनिक सवारी साधनमा उपत्यकाबाट पूर्वतिर जान खोज्ने यात्रुहरूलाई तानातान गरेर हैरानी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
जडीबुटीमा अरनिको यातायातले रामेछाप, दोलखा र सिन्धुपाल्चोकतर्फ चल्ने बसहरू छुट्ने बसपार्क सञ्चालन गरेको छ । त्यहाँबाट तराई र पूर्व क्षेत्रमा जाने साना सवारी साधन पनि छुट्छन् ।
बिचौलियाहरूले गाडीमा सिट मिलाइदिने नाममा यात्रुको झोला तान्ने र अशोभनीय तरिकाले महिलाहरूलाई हात समातेर दुर्व्यवहार गर्ने गरेका गुनासो आएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार काठमाडौँको बल्खु क्षेत्रबाट १७ जना बिचौलियालाई पक्राउ गरेको थियो ।



प्रतिक्रिया