काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
बिहीबार कांग्रेसका तर्फबाट प्रतिनिधिसभा संसदीय दलका उपनेता अभिषेकप्रताप शाह र राष्ट्रियसभाका सचेतक पदम परियारले रिट दायर गरेका हुन् । रिट सर्वोच्चमा पेस भए पनि दर्ता भने भइसकेको छैन ।
प्रतिनिधिसभा नियमावलीमा भएको संविधान संशोधन र विशेषाधिकारका रूपमा लागु हुने व्यवस्था गैरसंवैधानिक रहेको दाबीसहित रिट दायर गरिएको हो ।
गएको जेठ २१ गते प्रतिनिधिसभाबाट नियमावली पारित भइसकेको छ । उक्त नियमावलीलाई छलफलका निम्ति समितिमा पठाउनुपर्ने मागलाई अस्वीकार गरिएपछि कांग्रेस अदालत गएको हो ।
नियमावलीमा दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)का सदस्यहरूको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ मतको हिसाब गर्ने अधिकार सभामुखलाई दिइएको छ ।



प्रतिक्रिया