आज भुक्तानीको अन्तिम दिन: सूत्र प्रणालीमा देशैभरि समस्या


काठमाडौं । आज सरकारले गर्ने भुक्तानीको अन्तिम दिन । सरकारले बुधबार एकदिनमै १७ अर्ब ९ करोड रुपैयाँ बराबर भुक्तानी गरेको छ ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार आज सरकारले गर्ने भुक्तानीको चेक सबै काटिसक्नुपर्छ ।

स्थानीय तहले सञ्चालन गर्ने सूत्र प्रणालीमा देशैभरि समस्या देखिएको छ । यस्तो समस्या भुक्तानी गर्ने अन्तिम दिन अझ बढी देखिने गर्छ । कार्यालयका अनुसार बुधबारसम्म कुल बजेट खर्च १५ खर्ब ३१ अर्ब ९७ करोड बराबर भएको छ ।

मंगलबार बजेट खर्च १५ खर्ब १४ अर्ब ८७ करोड बराबर थियो । पूँजीगत खर्च बुधबारसम्म लक्ष्यको ४० प्रतिशतमात्र छोएको छ । यस वर्ष कुल १ खर्ब ६३ अर्ब १७ करोड बराबर पूँजीगत खर्च भएको छ ।