काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गर्ने व्यक्ति मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं. ०१ घर भई हाल भक्तपुर बस्ने २५ वर्षीय गणेश नेपाली रहेका छन् ।
बिहीबार दिउँसो करिब १:४५ बजेको समयमा काठमाडौँ महानगरपालिका-११, त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेट नजिकै ती युवकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए ।
प्रहरीका अनुसार उनले आफूले चढेर आएको मोटरसाइकलबाट पेट्रोल निकाली आफ्नै शरीरमा छर्किएर आगो लगाएको थियाे । घटनास्थलमा रहेका प्रहरी टोलीले तत्कालै उद्धार गरी उनलाई उपचारका लागि महाबौद्धस्थित वीर अस्पताल पुर्याएको थियो ।
हाल उनको वीर अस्पतालमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार उनको अवस्था गम्भीर छ । उनको शरीरका विभिन्न भाग जलेका छन् ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया