बालेनलाई गगनकाे सन्देश-‘संविधानका आधारभूत विषयमा कांग्रेसले कुनै सम्झौता गर्दैन’


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारी पक्षले संविधान संशोधनका सवालमा अपनाएको प्रक्रिया सही नभएको टिप्पणी गरको छन् ।

बिहीबार पार्टी कार्यालयमा आयोजित संविधान संशोधनबारेका बहस कार्यक्रममा बोल्दै सभापति थापाले संविधान संशोधन प्राथमिकता निर्धारण गरेर मात्र गर्नुपर्ने बताए ।

‘संविधान संशोधनका विषयमा सर्वोच्च अदालतका बहालवाला वा अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा समिति बनाएर अथवा संसद् भित्रैबाट समिति बनाएर जान सकिन्छ । प्राथमिकता निर्धारण गर्नुपर्छ भन्ने हाम्रो धारणा छ,’ उनले भने ।

पहिलो चरणमा आयोगहरूको पुनरावलोकन गर्न सकिने र दोस्रो चरणमा सुशासन र सार्वजनिक सेवा प्रवाहका विषयमा प्रवेश गरेर संविधान संशोधन गर्न सकिने उनले बताए ।

उनले संविधान संशोधनबारे भइरहेको बहस र अन्तर्वस्तुबारे कांग्रेसको धारणा विगतदेखि नै स्पष्ट पार्दै आएको बताए ।

‘नेपाली कांग्रेसले आफ्नो प्रतिज्ञापत्र, पार्टी विधान र केन्द्रीय कार्यसमितिको निर्णयबाट स्पष्ट पारिसकेको छ’, उनले भने, ‘संविधानको आधारभूत विषय लोकतन्त्र,गणतन्त्र, सङ्घीयता, समावेशिता,संसदीय शासन प्रणाली,बहुजातीयता, बहुधार्मिकता लगायतका विषयमा कांग्रेसले कुनै पनि सम्झौता गर्दैन ।’