काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सुकुम्वासी समस्याका विषयमा आफू गम्भीर रहेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सुकुम्वासीको अवस्थाबारे सोधेको प्रश्नमा लामिछानेले आफूले विषय बुझिरहेको र समस्या समाधानप्रति गम्भीर रहेको प्रतिक्रिया दिएका हुन्।
सिंहदरबारस्थित संसद् भवनबाहिर सञ्चारकर्मीले ‘सुकुम्वासीको अवस्था निकै कठिन भएको र खानबस्नसमेत समस्या भएको’ भन्दै प्रश्न गरेका थिए। जवाफमा लामिछानेले छोटो प्रतिक्रिया दिँदै भने, ‘यो विषयमा म एकदमै गम्भीर छु। धेरै नै गम्भीर छु। मैले बुझेको छु।’
यसैबीच राष्ट्रिय मानवअधिकार आयोगले होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीलाई पर्याप्त वैकल्पिक व्यवस्था नगरी त्यहाँबाट नहटाउन आज(असार २५) निर्देशन दिएकाे छ ।



प्रतिक्रिया