कलङ्की र नयाँ बसपार्क क्षेत्रबाट ६० जना बिचौलिया पक्राउ

AI Image

काठमाडौँ । कलङ्की र नयाँ बसपार्क क्षेत्रबाट ६० जना बिचौलियाहरू पक्राउ परेका छन् । लामो समयदेखि सो क्षेत्रमा पैदल हिँडिरहेका यात्रुहरूलाई जबरजस्ती गाडीमा चढाउने, सामान र झोला तानेर हैरानी दिने गरेको आरोपका उनीहरुलाई पक्राउ गरिएको हो ।

बिहीबार आरोपीहरूलाई पक्राउ गरेर अनुसन्धान थालिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए । बिचौलियाहरूले बसपार्क र कलङ्कीबाट छुट्ने गाडीमा यात्रु पठाउने नाममा हैरानी र दुःख दिने गरेको गुनासो छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले यसअघि बल्खु र जडीबुटी क्षेत्रबाट पनि बिचौलियाहरूलाई पक्राउ गरेको थियो ।