काठमाडौँ । गोरखापत्र संस्थानले विभिन्न पदमा करार सेवाका लागि दरखास्त आह्वान गरेको छ। संस्थानले एक सूचना प्रकाशित गर्दै समाचार र फोटोग्राफी क्षेत्रमा २३ जना पत्रकारको माग गरेको हो।
इच्छुक उम्मेदवारले असार ३० गतेभित्र कार्यालय समयभित्र आवेदन पेश गरिसक्नुपर्नेछ। दरखास्त दस्तुर तह ६ का लागि रु.१,००० र तह ५ का लागि रु. ७०० तोकिएको छ।
उम्मेदवारहरूको छनोट लिखित परीक्षा र अन्तर्वार्ताका माध्यमबाट गरिने सूचनामा उल्लेख छ।
आवेदनका साथमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता तथा अनुभवका प्रमाणपत्रहरू र निरोगिताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्नेछ। थप जानकारीका लागि धर्मपथस्थित गोरखापत्र संस्थानको कार्यालयमा सम्पर्क गर्न सकिनेछ।




प्रतिक्रिया