काठमाडौँ । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएपछि अस्पताल परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ। गम्भीर जलनका कारण भेन्टिलेटरमा उपचार गराइरहेका नेपालीको शुक्रबार बिहान मृत्यु भएको हो।
मृत्युको खबर सार्वजनिक भएसँगै उनका आफन्त तथा समर्थकहरू ठुलो सङ्ख्यामा अस्पताल पुगेका छन्। आफन्तहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएका छन्। सम्भावित आन्दोलन र अप्रिय अवस्थालाई रोक्न अस्पताल परिसरमा नेपाल प्रहरीको टोली व्यापक रूपमा परिचालन गरिएको छ।
यसैबीच जेनजी अभियान्ता रक्षा बम पनि वीर अस्पतालमा पुगेका छन् । घट्नाका बारेमा निश्पक्ष छानबिन गर्न दबाद दिन भन्दै उनी अस्पताल पुगेको बुभिएको छ ।



प्रतिक्रिया