काठमाडौंं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले गणेश नेपालीको आत्मदाहको घट्नालाई लिएर सदनमा सरकारमाथि आक्रोश व्यक्त गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालीको हत्याको जिम्मेवार सरकार भएको आरोप लगााए ।
‘गणेश नेपालीहरूले गरेको आत्मदाहका कारणले यो सरकारले ठूलो मूल्य चुकाउनुपर्छ । हत्याको जिम्मेवार यो वालेन्द्र सरकार हो,’ उनले भने ।
सरकार जनतालाई मार्ने गरी अघि बढेको उनले बताए । उनले भने ,‘सरकार जनतका पक्षमा, जनतालाई मुक्ति दिने गरी होइन, जनतालाई मार्ने गरी, जनताको हत्या गर्ने गरी अघि बढिरहेको छ । म यो सरकार मुर्दावाद भन्न चाहन्छु ।’
उनले सरकारका मन्त्रीहरुलाई स्टन्ट नगर्न समेत आग्रह गरे ।



प्रतिक्रिया