काठमाडौं । बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको निधन भएको छ । उपचारकै क्रममा उनको शुक्रबार बिहान वीर अस्पतालमा निधन भएको हो ।
उनको निधन भएपछि उनका आफन्तसहितका विभिन्न व्यक्तिहरुले काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । एक समुहले वीर अस्पताल अगाडिसमेत प्रदर्शन गरिहेको छ ।
उनीहरुले वर्तमान बालेन नेतृतवको सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।



प्रतिक्रिया