काठमाडौ । बिहीवार राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षिय गणेश नेपालीको निधन भएको छ । वीर अस्पतालमा उपचारकै क्रममा शुक्रबार बिहान उनको मृत्यु भएको हो ।
पठाओ चलाएर जिविकोपार्जन गर्दै आइरहेका नेपालीको महानगर प्रहरीले बाइकमा ‘व्हिल लक’ लगाएपछि उक्त घटना भएको बुझिएको छ ।
यसैबीच सामाजिक सँजालमा वर्तमान सरकारकै कारण उनको ज्यान गएको भन्दै काठमाडौका विभिन्न स्थानमा शुक्रवार प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरुको राजिनामा समेत माग गरिएको छ ।
प्रतिनिधि सभाको बैठकमा पनि सत्तापक्ष र विपक्षी दलका सांसदहरुले उक्त घटना बारे दु:ख व्यक्त गर्दै निश्पक्ष छानबिनको माग गरेका छन् ।
उक्त घटना लगायत समसामयिक विषयमा उठेका सवालको जवाफ दिनका लागि गृहमन्त्री सुधन गुरुङ सदनमा आइपुगे । उनलाई सभापति डिपि अर्यालले बोल्नको लागि समय दिए
रोस्ट्रममा पुग्ने बित्तिकै गृहमन्त्री गुरुङ भावुक बने । उनी बोल्न सकेनन् । रोस्ट्रमबाट फर्किएर पछि पुनः रोस्ट्रममा गएर बोले ।
उनले आफुलगाय्त सुरक्षाकर्मी रातभर नसुती गणेशको ज्यान बचाउन लागिपरे पनि बचाउन असफल भएपछि आफुलाई एकदमै दु:ख लागेको बताए । उनले भावुक हुँदै जनताको सेवामा ठाउँमा पुग्दै गर्दा विपक्षी सांसदहरूले स्टन्ट गरेको भन्दै दुखेसो पोखे । ‘आफ्नो जनताको सेवा ठाउँमा गएर गर्नुपर्छ । त्यसलाई तपाईंहरू स्टन्टबाजी भन्नुहुन्छ । मलाई इच्छा छैन कसैको लागि स्टन्टबाजी गर्नका लागि । म आफ्नो देशको सेवा गर्न आएको हो ।’
उनले सदनमा सम्बोधन गर्दैगर्दा रास्वपाका झण्डै आधा दर्जन बढी सांसदहरुले आँसु झारिरहेका देखिए । रास्वपाका सांसदहरु आशिका तामाङ ,रचना खतिवडा ,श्रद्धा कुंवर,क्रान्तिशिखा धिताल लगायतले आँसु पुछिरहेको दृश्य भिडियो मा देखिन्छ ।
त्यस्तै कानुनमन्त्री सोबिता गौतम लगायत विपक्षी दलका केही सांसदहरुसमेत भावुक देखिए



प्रतिक्रिया