शेखर कोइराला र प्रकाशरण महतबिच भेटवार्ता, के भयो छलफल ?


काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहका नेता डा.प्रकाशशरण महत र डा. शेखर कोइरालाबीच भेट भएको छ। शनिबार विराटनगरमा रहेका डा. कोइरालालाई कोइराला निवासमा पुगेर डा‍.महतले भेटेका हुन्।

देउवा समूहको शुक्रबार बसेको पूर्वपदाधिकारीहरूको बैठकले साउन ६ गते बीपी स्मृति दिवसका अवसरमा छुट्टै कार्यक्रम गर्ने निर्णय गरेको छ।

त्यो कार्यक्रममा डा. कोइरालालाई पनि बोलाउने शुक्रबार साँझ डा.महतले बताएका थिए । त्यसैबारे जानकारी दिनका लागि उनले विराटनगर पुगेर डा‍‍.कोइरालालाई भेटेको बताइएको छ ।