काठमाडौँ । स्वतन्त्र कानुन व्यवसायी मञ्चका अध्यक्ष हरिचन्द्र भट्टराईले बिचौलिया भेटघाटमा जोडिएका सर्वोच्च अदालतका न्यायाधीशहरूले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले बिचौलियासँग भेटघाट गर्ने न्यायाधीशहरूलाई इजलासमा बसेर न्याय सम्पादन गर्ने नैतिक अधिकार नभएको दाबी गरे ।
‘सर्वोच्च अदालतका न्यायाधीशले बिचौलिया भेट्ने र त्यही न्यायाधीशलाई न्यायको इजलासमा बस्ने नैतिक अधिकार हुँदैन,’ भट्टराईले भने, ‘यस्ता न्यायाधीशलाई मुद्दा छिन्न कुन नैतिकताले दिन्छ ?’
जनताको विश्वासको भरमा अडेको न्यायालयको धज्जी उडाइएको उनले टिप्पणी गरे ।
ललितपुरस्थित हिमालयन होटलमा आयोजित बिचौलिया भेटघाटतर्फ संकेत गर्दै उनले उक्त घटनामा संलग्न न्यायाधीशहरूले तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताए । राजीनामा नदिए संसद्बाट महाभियोगको प्रक्रिया अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।
‘हिमालयन होटलमा जो–जो गए, उनीहरूले राजीनामा दिनुपर्छ,’ उनले चेतावनी दिँदै भने, ‘बिचौलिया भेट्ने न्यायाधीशले नैतिकताको आधारमा राजीनामा नदिए महाभियोगको डण्डा चलाउनुपर्ने अवस्था आउन सक्छ ।




प्रतिक्रिया