गणेश नेपालीको परिवारले प्रहरीमा जाहेरी दिँदै


काठमाडौं । आत्मदाह प्रयासपछि उपचारको क्रममा मृत्यु भएका मुगुका गणेश नेपालीको परिवारले प्रहरीमा जाहेरी दिने तयारी गरेको छ ।

नेपालीको परिवार जाहेरी दिन भन्दै प्रहरी वृत्त कालीमाटी पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जाहेरी दिन कार्यालयमा आइपुगेको पुष्टि गरे।

आइतबार नेपालीको परिवार र प्रशासनबीच ९ बुँदे सहमति भएको थियो । महाननर प्रहरीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नो मोटरसाइकलमा ह्वील लक लगाएको विषयमा विवाद भएपछि नेपालीले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । उपचारको क्रमा भोलिपल्ट शुक्रबार उनको वीर अस्पतालमा मृत्यु भएको थियो ।