काठमाडौँ । राहदानी विभागले नयाँ प्रणालीमार्फत सेवा प्रवाह सुरु गरेको छ ।
सोमबार राहदानी विभागमा परराष्ट्रमन्त्री शिशिर खनालले नयाँ प्रणालीमार्फत ओस्कार गुरुङ र निमेश शाहीलाई राहदानी वितरण गरेर उक्त कार्यको शुभारम्भ गरेका हुन् । यसअघि १५ वर्षदेखि फ्रान्सेली कम्पनी आईडिमियाले नेपालको पासपोर्ट छाप्दै आएको थियो ।
काठमाडौँको त्रिपुरेश्वरस्थित विभागको कार्यालयमै पासपोर्ट छापेर सेवा प्रवाह थालिएको विभागले जनाएको छ । ‘नयाँ राहदानी लिन वा म्याद सकिएको वा अन्य कारणले राहदानी नवीकरण गर्नुपरेमा आफ्नो स्थायी बसोबास रहेको इलामा वा जिल्ला प्रशासन कार्यालय वा राहदानी विभाग वा विदेशस्थित नेपाली नियोगहरूबाट पूर्ववत रूपमा राहदानी सेवा लिन सक्नुहुने बेहोरा अनुरोध छ’, विभागले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।




प्रतिक्रिया