मिडिया हाउसको गेटमा गाडी : पत्रकार महासंघको ध्यानाकर्षण


काठमाडौँ तीन मिडिया हाउसको गेटमा शंकास्पद रूपमा पार्किङ गरी राखेको गाडीको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै आज बिहान ७ बजेदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन्स, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमा बेवारिसे तथा शंकास्पद ढंगले गाडी पार्किङ गरिएको उल्लेख गरेको छ। यसका कारण पत्रकार तथा सञ्चारकर्मीलाई कार्यालय प्रवेश र आवतजावतमा समस्या सिर्जना भएको महासंघले जनाएको छ।

महासंघले उक्त घटनालाई सञ्चारमाध्यमको नियमित कार्यसम्पादन तथा पत्रकारको पेसागत अधिकारमाथिको अवरोधका रूपमा लिँदै तत्काल गाडी हटाई सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेको छ।