काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) ले सबै सार्वजनिक निकायहरूलाई हालै प्रमाणीकरण भई लागू भएको ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) ऐन, २०८३’ को व्यवस्था अनुसार मात्रै खरिद काम कारबाही अघि बढाउन निर्देशन दिएको छ ।
कार्यालयले एक सूचना जारी गर्दै गत असार २५ गते प्रमाणीकरण भई प्रारम्भ भइसकेको नयाँ संशोधन ऐन अनुसार नमूना बोलपत्र सम्बन्धी कागजात तयार गर्ने कार्य भइरहेको जानकारी दिएको छ ।
नयाँ नमूना बोलपत्र कागजात तयार भई पूर्ण रूपमा जारी नभएसम्मका लागि खरिद अनुगमन कार्यालयले असार २९ गतेको निर्णयानुसार सम्पूर्ण सार्वजनिक निकायहरूलाई निर्देशन दिएको छ ।




प्रतिक्रिया