काठमाडौं । असार २५ गते राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुका गणेश नेपालीको शव अन्त्येष्टिको लागि पशुपति आर्यघाट लगिएको छ।
सुदूरपश्चिम संस्कार अनुसार आ(सोमबार) बाजा गाजासहित शव यात्रा गदै लगिएको हो ।
े महानगर प्रहरीले गणेशको मोटरसाइकलमा ह्लिल लक लगाएपछि उनले सडकमै आत्मदाह प्रयास गरेका थिए । उनको वीर अस्पतालमा उपचार क्रममा शुक्रबार मृत्यु भएको थियो।
उनको मृत्युपछि आइतबार सरकार र उनको परिवारबीच ९ बुँदे सहमति भएको छ। समहति भएसँगै उनको शव अन्त्येष्टिको लागि पशुपति आर्यघाट लगिएको हो ।



प्रतिक्रिया