कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो जाँदा यातायात सेवा पुनः अवरुद्ध भएको छ ।
आज बिहानदेखि गगने खोलामा लेदोसहितको पहिरो आएकाले सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अहिले सडक डिभिजन कार्यालयको सहयोगमा एक्साभेटर लगाएर सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी जनक शर्माले जानकारी दिए ।
“पानी पर्ना साथ गगने खोलामा पटक–पटक पहिरो जाने गरेको छ”, उनले भने, “अवरुद्ध रहेको सडक अहिले एक्साभेटरद्वारा खुलाउने काम जारी छ ।”
गगने खोलामा प्रत्येक वर्ष सामान्य पानी पर्दा पनि पहिरो जाने र सडक अवरुद्ध हुने गरेको छ । शुक्रबार पनि गगने खोलामा लेदोसहितको पहिरो आएका कारणले अवरुद्ध भएको थियो । रासस



प्रतिक्रिया