सांसद अमरेशकुमार सिंहकाे आग्रह: ‘संसदबाट निराशा नबाडौं’


काठमाडौं । रास्वपा सांसद अमरेशकुमार सिंहले संसदबाट निराशा नबाड्न सांसदहरुलाई आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै राज्य संकटमा भएको र जनतामा नैराश्यता छाएको भन्दै सबै दल एकजुट हुन आग्रह गरेका हुन् ।

सांसद सिंहले सँगसँगै राष्ट्रिय मुद्दा तय गरेर अघि बढ्नुपर्ने बताए ।

‘संसद्मा उपस्थित सबै दललाई एकजुट पारौं, राष्ट्रिय मुद्दा तय गरौं । हामी सबै मिल्यौं भने मात्रै यो राज्य बाँच्न सक्छ, लोकतन्त्र बाँच्न सक्छ,’ उनले भने।

साथै, राज्य र जनता रहेमात्रै आफूहरूले राजनीति गर्न पाउने बताउँदै जनता र लोकतन्त्र नै समाप्त हुने कार्य नगर्न आग्रह गरे ।

‘आज हाम्रो राज्य संकटमा छ । जनतामा नैरश्यता छ । यो देशमा बाँच्न सकिन्न, गर्न सकिन्नँ, यो भाष्य निर्माण संसद्बाट नगरौं,’ सांसद सिंहले भने, ‘संसद्मा प्रतिनिधित्व गर्ने सम्पूर्णलाई आग्रह गर्न चाहन्छु, हामी यसलाई घोचपेचको विषय नबनाऔं । राज्य र जनता रह्यो भने फेरि राजनीति गरौंला । जनता र लोकतन्त्र समाप्त रह्यो भने हामी कोही नरहौंला । आज देशमाथि संकट छ । आज नागरिकमा निराशा छ, निराशा नबाडौं ।’