काठमाडौँ । नेकपाका सांसद रमेश कुमार मल्लले राज्यले संरक्षण गरेका व्यक्तिहरूले नै मिडिया र राजनीतिक नेतृत्वको घरमा त्रसित बनाउनेगरी गाडी राखेको आरोप लगाएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले गणेश नेपाली प्रकरणलाई ओझेलमा पार्नका लागि सरकार संरक्षितहरूले सडक जाम गराउने तथा मिडिया र राजनीतिक नेतृत्वमाथि त्रास फैलाउने खालका गतिविधि गरेको आरोप लगाए ।
उनले मिडिया हाउसमा अवरोध हुने गरी तेर्स्याएर राखिएका गाडीलाई लाखौँ जरिवाना असुली गर्न र त्यस्ता घटनामा संलग्नहरूमाथि तत्काल कडा कारबाही गर्न सरकारलाई सचेत गराए।
‘राज्य संरक्षित मान्छेहरूबाट न्यूरोड लगायतका मुख्य सडकहरूमा दिनभरजसो सडक जाम गरियो, अवरोध गरियो,’ उनले भने ।



प्रतिक्रिया