एक्सप्रेसमा अघि बढेको सरकारलाई रीमाले भनिन्,- ‘हतार गरे भन्न सकिन्न, विस्तारै गए अवश्य पुगिन्छ’


काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रीमा विश्वकर्माले सरकारको कार्यशैलीलाई लिएर प्रश्न गरेकी छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशमा आत्मदाहको घटना बढेको भन्दै ‘नीति सुधारको दौडमा रहेको सरकार कतै हतार गरिरहेको त छैन ?’ भनी प्रश्न गरिन् ।

‘जसका लागि कानुन बनाउँदै छौँ, कतै उनीहरू नै त्यसको मारमा त परिहेका छैनन् ?,’ उनले भनिन् ।

उनले सरकारलाई ‘हतार गरे भन्न सकिन्न, विस्तारै गए अवश्य पुगिन्छ’ भन्ने भनाइ सुनाइन् । एक्सप्रेस वेमा तीव्र गतिमा अघि बढिरहेको सरकारलाई म एउटा ट्रक साहित्य सम्झाउन चाहन्छु भन्दै सांसद विश्वकर्माले भनिन्, ‘हतार गरे भन्न सकिन्न, विस्तारै गए अवश्य पुगिन्छ ।’