अब फुल सिलिन्डर ग्यास पाइने


काठमाडौ । बुधबारबाट फुल सिलिन्डर ग्यास पाउने भएको छ । नेपाल आयल निगम लिमिटेडले तत्कालीन परिस्थिति र बजारमा ग्यासको उच्च मागलाई मध्यनजर गर्दै आधा सिलिन्डर ग्यास बिक्री गर्न उद्योगलाई पहिले निर्देश दिएको थियो ।

निगमले सार्वजनिक गरेको सूचना अनुसार भोलिदेखि लागू हुने गरी मुलुकभर नै साबिक बमोजिमको १४.२ के.जी. क्षमताको ग्यास सिलिन्डर पुनः बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको हो ।

भोलिबाट बजारमा उपलब्ध हुने पूर्ण क्षमताको १४।२ केजी ग्यास सिलिन्डरको पूरा मूल्य र २,०६० रुपैयाँ तोकिएको छ ।