काठमाडौं । मकवानपुरमा गाँजासहित धादिङको गजुरी गाउँपालिका–७, किरानचोक बस्ने ४१ वर्षीय सुमन तामाङ र १८ वर्षीय इरोज तामाङ पक्राउ परेका छन् ।
मनहरी गाउँपालिका–८, सिमपानीस्थित पूर्व–पश्चिम सडकखण्डमा १०९.०९६ किलोग्राम गाँजासहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चितवनबाट हेटौँडातर्फ जाँदै गरेको बा.प्र.०१–०२६ च ४८९३ नम्बरको जीपबाट प्रहरीले गाँजा बरामद गरेको हो । प्रहरीका अनुसार, गाडीको पछाडिको भागमा त्रिपालले लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा बरामद गरिएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया